सुपरहिट गीत ‘पिरिम नलाउने’ को सफलतापछि आशिष सचिनको ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक गरिएको हो । ‘पिरिम नलाउने’ समूहकै सहभागितामा ‘गलबन्दि पच्छ्यौरी’ तयार भएको गायक आशिष सचिनले बताए । दीपक शर्माको शब्द तथा संगितमा रहेको गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

कोभिड १९ को प्रभावको विच सामाजिक दुरी कायम गर्दै ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक गरिएको । ओ एस आर को निर्माण रहेको गीतमा गायक आशिष सचिन र मेलिना राईको स्वर रहेको छ । कार्यक्रममा ‘पिरिम नलगाउने’ र ‘एककान दुई कान गीत’ युट्युबमा करोडौँ पटक हेरिएको भन्दै सेलेब्रेसन समेत गरिएयो ।

गम्भिर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आशिना भट्टराई लगायतकाको अभिनय रहेको छ । अर्जुन तिवारी र टिमले क्यामेरा चलाएको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

४ दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको गीतको भिडियोलाई दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताईन् ।

For More videos Log on to Mazzako TV