एलिना, समिक्षा र रचनाको तीज गीतलाई तारिफ
गायिकाहरु एलिना चौहान, समिक्षा अधिकारी र रचना रिमालको स्वर रहेको तीज गीत सार्वजनिक भएको छ । ‘आयौं चेली’ बोलको तीज गीतको सार्वजनिक भएको भिडियोले छोटो समयमा मज्जाको प्रतिक्रिया सहित टे«ण्डिङमा आएको छ । एलिना, समिक्षा र रचनाको स्वरको तारिफ भएको छ । युट्युबमा रिलिज गरिएको २४ घंटा नपुग्दै ४ लाख २५ हजार बढी पटक हेरिएको छ ।
सरोज ओली निर्देशित गीतको भिडियोमा एलिना, समिक्षा र रचनाले पनि अभिनय छ । आयौं चेली गीतमा दिपक शर्माको संगीत र घनश्याम ओलीको शब्द छ । गीतको भिडियोमा अल्का सुवेदी, सुकृती उप्रेती र उत्साह घिमिरेले नृत्य पस्केका छन् । नवराज उप्रेतीको छायाँकन रहेको गीतको भिडियोलाई अमन मानन्धरले सम्पादन गरेका हुन् ।
हेर्नुस् भिडियो :









