सुरबिना र मुकुनको ‘के माया लाग्छ र’ सार्वजनिक (भिडियो)
अभिनेत्री सुरबिना कार्की र अभिनेता मुकुन भुषाल अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘के माया लाग्छ र ?’ बोलको गीतको भिडियोमा सरबिना र मुकुनको अभिनय जिवन्त छ । गाउँले परिवेश झल्काउने भिडियो हेर्दा निकै मज्जा आउँछ । भिडियोको निदर्देशन नबिन चौवानले गरेका हुन् ।
गायक निशान भट्टराई र एलिना चौवानको स्वरमा रहेको अडियो पनि राम्रो बनेको छ । गीतमा हर्क साउदको शब्द तथा अंकित बाबु अधिकारीको संगीत रहेको छ । कुशल सिंह गीतका एरेन्जर हुन् । निशान पौडेलबो सिनेमाटोग्राफी रहेको भिडियालाई सुनिल पौडेलले सम्पादन गरेका हुन् ।









