आइडलकी क्युट ममताको ‘फेरी भेट नहोला’ सार्वजनिक (भिडियो)
नेपाल आइडल सिजन ३ की चर्चित गायिका ममता गुरुङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘फेरी भेट नहोला’ बोलको गीत ममताको आफ्नै युटुब च्यानलमा सर्वजनिक भएको हो । नेपाल आइडलबाट उनको स्वर संगसंगै सुन्दरताको पनि चर्चा भएको थियो ।
गीतमा संगीत र शब्द रिकेश गुरुङको रहेको छ । सुमन तामांगले गीत रेकर्ड गरेका हुन् । भिडियो छायांकन, स्मपादन र निर्देशन प्रतिक पराजुलीले गरेका छन् ।









