लाक्पा शेर्पा, मनोज राज लगायतको स्वरमा राष्ट्रिय गीत सार्वजनिक (भिडियो)
कोरोनाको कारणले सबै नेपालीलाई अस्तब्यस्त बनाइरहेको अबस्थामा नेपाली राष्ट्रिय गीत ‘नेपाली हौैँ’ सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार मनोज राज सिवाकोटी तथा लक्पा शेर्पा लगायतको स्वर रहेको गीत बुधबार सार्वजनिक गरिएको छ । अनिश श्रेष्ठ, सदज लिम्बु, राजु दंगाल, जुनु गौतम, योजना पुरी, सरीता प्रजापति, सिर्जना कार्की, पूजा सुनुवार, प्राश्ना पाण्डेले पनि गीतमा स्वर दिएका छन् ।
राष्ट्रभावले ओतप्रोत गीतमा अनिश श्रेष्ठले संगीत गरेकबा हुन् । कोडिड १९ ले काम गरेर खाने नेपालीहरुमा अब भोकमरीको अवस्था आउने देखिएको अबस्थामा गीतले सहयोग गर्न अपिल गरेको छ ।









