अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस बिरुद्ध हिन्दु पुजारी बोलाएर शान्तिको पुजा लगाएका छन् । बिहिबार ह्वाइट हाउसमा ट्रम्पले ‘शान्तिपाठ’ मन्त्र पढ्न लगाएका हुन् । न्यु जर्सी स्थित स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले ह्वाइट हाउसमा ट्रम्पको आग्रहमा ‘शान्तिपाठ’ मन्त्र बाचन गरेका छन् ।

अमेरिकाले भगवानमा पनि विश्वास गर्ने ट्रम्पले उक्त ‘शान्तिपाठ’ समारोहमा बताए । उनले हाम्रो देशले ठूलो कठिनाइ सहेकोले तपाईंको विश्वास र प्रार्थनाले हामीलाई शक्ति प्रदान गरेको बताए ।

शनिबारसम्मको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख २४ हजार ३३५ पुगेको छ । साथै विश्वकै सबै भन्दा बढी अमेरिकामा ७८ हजार ७०० जनाको मृत्यु भैसकेको छ ।

For More videos Log on to Mazzako TV