सुष्माले पूजालाई भनिन् बहिनी
अभिनेत्रीद्धय सुष्मा कार्की र पूजा शर्माविच सम्बन्ध सुमधुर छैन् । उनीहरुविचको सम्बन्धमा फाटो किन आएको हो, यो उनीहरुले नै जान्ने कुरा भयो । तर, सुष्मा र पूजा एक अर्काको अगाडि पर्दा पनि बोल्दैनन् । अहिले सामाजिक संजालमा एउटा भिडियो चर्चामा छ ।

जहाँ, सुष्माले पुजालाई नचिन्नेम मात्र कुरा गरेकी छैनन्, पुजाको अभिनयलाई पनि मजाकमा उडाएकी छिन् । यो भिडियो केही बर्ष अगाडिको हो । तर, अहिले टिकटकमा भाइरल भएपछि सुष्मालाई गालीको बर्षात नै भएको छ ।
अत्याधिक मात्रामा गाली आएपछि सुष्माले टिकटकमा पुजालाई बहिनी भनेकी छिन् । मिडियाले दुइको सम्बन्धलाई गलत तरिकाले व्याख्या गरेको सुष्माले बताएकी छिन् । उनले, पूजासँग भेट हुँदा बोलचाल हुने र पूजाले आफूलाई दिदी भन्ने गरेको पनि बताएकी छिन् ।
For More videos Log on to Mazzako TV







