कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेकाले सांगीतिक गतिविधि सबै ठप्प छन् । यतिबेला कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । यसैबीच नयाँ वर्ष २०७७ को अवसरमा रोम्यान्टीक लभ सङ सार्वजनिक भएको छ ।

गायक सुरज श्रेष्ठ र गंगा गजुमेरको स्वरमा ‘फुलसरी माया फुल्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियो मानशी किरणको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

शब्द रचना केदार खतिवडा र संगीतकार मानशी किरणको उत्कृष्ट संयोजकत्वमा सार्वजनिक फुलसरी माया फुल्यो बोलको गीतमा करुणा श्रेष्ठ र शितल सिलुवालको मज्जाको अभिनय देख्न सकिन्छ ।

उक्त म्युजिक भिडियोको निर्देशन उत्तर राना मगरले गरेका हुन् । रेशम दर्लामीले खिचेको भिडियोलाई निर्देशक उत्तर राना मगरले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV