करिश्माले सहयोगको हात अगाडी बढाइन्
अभिनेत्री करिश्मा मानन्धरले आफनो निवास वरिपरी डेरा गरेर बस्नेहरुका लागि सहयोगको हात अगाडि बढाएकी छिन् । करिश्माले सामाजिक संजालमा स्टाटस नै लेखेर डेरा गरेर बस्नेहरुले मानन्धर निवासमा सम्पर्क गर्न अपिल गरेकी थिइन् ।

यसपछि, उनको निवासमा समस्यामा परेका केही मानिसहरु पुगेका थिए । उनीहरुलाई करिश्माले चामल, नुन लगायतका खाद्यान्न वितरण गरिन् । करिश्माले तयारी नगरेका कारण पनि केही मानिसहरु खाली हात फर्किएको भन्दै भोली सहयोग गर्ने लेखेकी छिन् ।
करिश्माले छिमेकमा बस्नेहरुलाई सहयोग गरेको खण्डमा कोही पनि भोक्कै बस्न नपर्ने पनि लेखेकी छिन् ।
For More videos Log on to Mazzako TV







