पलले राहत वितरण गरे
अभिनेता पल शाहले आफूले घोषणा गरे अनुसारको राहत वितरण गरेका छन् । नयाँ बर्षको दिनमा उनले नेपाली फिल्मका पाविधिकहरुलाई राहत वितरण गरेका हुन् । पल पाविधिकहरुको घरमै पुगेर राहत वितरण गरेका हुन् । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको साथमा खाद्यान्न लिएर पल प्राविधिकहरुको घर घरमा पुगेका थिए ।

उनले, सबै मिलेर यो रोग विरुद्ध लडन सकिने पनि बताएका छन् । अभिनेता पल शाहले केही दिन अगाडि मात्र प्राविधिकहरुको सहयोगका लागि ५ लाख सहयोग गर्ने बताएका थिए । नेपाली फिल्मका कलाकारहरु अहिले प्राविधिकहरुको सहयोगमा जुटेका छन् ।
केही दिन अघि मात्र अभिनेत्री पूजा शर्माले २ लाख बराबरको खाद्यान्न वितरण गरेकी थिइन् ।








