नयाँ बर्ष २०७७ ले आजबाट पाइला टेकेको छ । नयाँ बर्षको सुरुवात भएपनि दर्शकले नयाँ नेपाली चलचित्र भने हेर्न पाएका छैनन् । यो बर्ष केही कलाकारका लागि विशेष हुने अपेक्षा गर्न सकिन्छ । नायिका पूजा शर्माका लागि यो बर्ष विशेष छ ।

किनकी, पूजा अभिनित ३ वटा चलचित्र यो बर्ष रिलिज हुँदैछन् । म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन र संझना विर्सना पूजाको यो बर्ष रिलिज हुनेछन् । पूजा बाहेक अरु कलाकारको यति धेरै सिनेमा यो बर्ष रिलिज नहुने देखिन्छ ।

पुजाका लागि गतबर्ष नै रिलिज हुनुपर्ने चलचित्र म यस्तो गीत गाउँछु २ महत्वपुर्ण छ । किनकी, यो चलचित्रमा पुजाको पनि लगानी छ । पुजा यो बर्षलाई विशेष रुपमा हेरिरहेकी छिन् । सायद, यो बर्षले पुजाको करिअरमा नयाँ स्थान देखाउन सक्छ ।

For More videos Log on to Mazzako TV