दशैंमा आउलान त घोषित फिल्म ?
सिनेमा ए मेरो हजुर ४, परदेशी २, छक्का पन्जा ४, प्रेम पूजन र मह जोडीको एक फिल्म । यो आउँदो बर्षको दशैंमा रिलिज हुने गरि मिति तोकिएका सिनेमा हुन् । यी ५ सिनेमामध्ये ए मेरो हजुर ४ र परदेशी २ को मात्र केही प्रतिशत छायांकन सुरु भएको छ । छक्का पन्जा ४ र मह जोडीले अभिनय गर्ने भनिएको सिनेमाको त कथा लेख्ने काम नै सकिएको छैन् ।

यसैले, अब दशैंमा यी ५ वटा सिनेमा रिलिज होलान् त भन्ने चर्चा गर्न सकिन्छ । छायांकन नै सुरु नभएका छक्का पन्जा ४ र मह जोडीले काम गर्ने भनिएको सिनेमा रिलिजको अवस्था मुश्किल छ । किनकी, यी दुबै सिनेमाको बजार ओभरसिज पनि हो । नेपाल बाहिरको अवस्था हेर्दा, अझै ६ महिना माहोला सही बाटोमा आउन समय लाग्ने देखिन्छ ।
यसले, गर्दा दीपकराज गिरी र मह जोडीको सिनेमा यो मितिमा रिलिज गर्न समस्या हुन सक्छ । अमरदीप सापकोटाको निर्देशनमा बन्ने भनिएको प्रेम पूजाको पनि अत्तोपत्तो छैन् । ए मेरो हजुर ४ र परदेशी २ को छायांकन फेरि कहिले सुरु हुन्छ पक्का छैन् । यसैले बरु, रिलिजको लागि तयार भएर कोरोना भाइरसका कारण पछि सरेका सिनेमाका लागि मिति खाली गरिदिनु उपयुक्त विकल्प हुन सक्छ ।
For More videos Log on to Mazzako TV







