अन्यौलमा वित्यो जसिताको यो बर्ष
अभिनेत्री जसिता गुरुङका लागि यो बर्ष अन्यौलमा नै वितेको छ । उनले अभिनय गर्ने भनिएका २ सिनेमाको नै छायांकन यो बर्ष सुरु हुन सकेन । सिनेमा आई एम टवान्टी वानको छायांकन मात्र होइन, रिलिज नै यो बर्ष हुनुपर्ने थियो ।

तर, यसकी निर्देशक रेनशा वान्तवा राइ अन्य काममा नै बढी व्यस्त हुँदा यो सिनेमाको छायांकन नै हुन सकेन । यसपछि, जसिताले सिनेमा एन्टी हिरो साइन गरिन् । अभिनेता अनमोल केसीसँग उनी यो सिनेमामा काम गर्ने तयारीमा थिइन् ।
निर्माता भुवन केसी यही बर्ष नै सिनेमा सुरु गर्ने तयारीमा थिए । तर, एकाएक उनको योजना बदलियो । अब, उनी सिनेमा पारस बनाउने तयारीमा छन् । तर, पारसमा जसिता हुने छैनन् । यसैले पनि वि.सं २०७६ साल जसिताको अन्यौलमा नै वितेको छ ।








