अभिनेत्री पूजा शर्माका लागि यो बर्ष सुखद देखियो । किनकी, यो बर्ष उनी अभिनित चलचित्र पोई पर्यो काले मात्र रिलिज भयो । यो फिल्मले नेपालबाट पुर्ण रुपमा लगानी त उठाएन, तर पूजाको स्टारडमकै भरमा यो सिनेमाले निर्माताको गोजीमा १ करोड भन्दा बढी हालिदियो । यो सिनेमा चल्नुमा पूजाको क्रेजले बढी काम गरेको छ ।

पूजाले यो बर्ष पोई पर्यो काले, सम्हालिन्छ कहिले मन, म यस्तो गीत गाउँछु २ र संझना विर्सनाको छायांकन सकेकी थिइन् । यो मध्ये एउटा मात्र सिनेमा उनको रिलिज भयो भने म यस्तो गीत गाउँछु २ कोरोना संक्रमणका कारण रिलिज हुन पाएन् । पूजाको स्टारडम भने यो बर्ष देखियो ।

उनलाई २० लाख भन्दा बढी पारिश्रमकि दिएर सिनेमा खेलाउन निर्माता तम्सिए । यसैले पनि पूजाका लागि यो बर्ष सुखद मान्नपर्छ । आउँदो बर्ष पूजाका लागि सुखद बन्ने अपेक्षा झनै गर्न सकिन्छ ।

For More videos Log on to Mazzako TV