अभिनेता सरोज खनाल अमेरिकी नागरिकको रुपमा अमेरिका गएपछि उनको आलोचना भयो । यस्तो समयमा पनि देश छाडेको भन्दै उनको आलोचना सामाजिक संजालमा देखियो । तर, अमेरिका पुगेपछि भने सरोजले जसले जे भनेपनि यस्तो बेलामा आफुले परिवारसँग नै समय बिताउन सही ठानेर अमेरिका फर्किने निर्णयय गरेको बताएका छन्

। उनले जे पर्ला त्यही टर्ला पनि भनेका छन् । अमेरिका अहिले सवैभन्दा बढी कोरोनाबाट संक्रमित देश हो । यो देशमा ४ लाख कोरोना संक्रमित भैसकेका छन् । अमेरिका नै सर्वाधिक संक्रमित भएको समयमा सरोज किन अमेरिका फर्किए भन्ने चर्चा पनि चलेको थियो ।

For More videos Log on to Mazzako TV