यो बर्ष फिल्ममा नदेखिएका २ अभिनेत्री
यो बर्ष नेपाली फिल्मका लागि सुखद बनेन् । सिनेमा बनेपनि व्यापार सुखमय बनेन् । ५ वटा सिनेमाले मात्र लगानी उठाएका छन् । यो सुखद नजिता भने होइन् । फागुणको दोश्रो सातापछि त सिनेमा नै रिलिज हुन सकेनन् । सिनेमाको व्यापार सुनसान छ ।

यो बर्ष दर्शकले २ जना आशातित अभिनेत्रीको सिनेमा हेर्न पाएनन् । सिनेमा लिलिबिलीबाट दर्शकको मन जितेकी अभिनेत्री जसिता गुरुङको यो बर्ष कुनै पनि सिनेमा रिलिज भएन् । उनले सिनेमा आई एम टवान्टी वान र एन्टी हिरो साइन त गरेकी छिन् । तर, यी दुबै सिनेमाको छायांकनको सुरुवात कहिले हुन्छ, पक्का छैन ।
अर्की अभिनेत्री सुहाना थापाको पनि कुनै सिनेमा रिलिज भएन । दर्शकले ए मेरो हजुर ३ बाट रुचाएका थिए सुहानालाई । तर, सुहाना यो बर्ष दर्शकमाझ आइनन । उनको आउँदो बर्ष सिनेमा ए मेरो हजुर ४ रिलिज हुँदैछ । सुहानालाई डेढ बर्षपछि दर्शकले पर्दामा हेर्न त पाउनेछन् । जसिताको यही पनि पक्का छैन् ।








