वर्षालाई जन्मदिनको मज्जाको शुभकाना
अभिनेत्री वर्षा सिवाकोटी आजबाट २७ बर्षमा प्रवेश गरेकी छिन् । वर्षाको जन्मदिन अपिल ६ तारिख अर्थात आज हो । वर्षाले आजको दिनलाई खास बनाउन भने पाइनन् । किनकी, सिंगो नेपाल नै लक डाउनमा रहेकाले वर्षाले जन्मदिन विशेष तरिकाले मनाउन नपाएकी हुन् ।

अभिनेत्री सिवाकोटीले अभिनय गरेको पहिलो सिनेमा नाई नभन्नु ल २ हो । यो सिनेमापछि उनले एकपछि अर्को सिनेमामा काम गरिरहेकी छिन् । हुनत, उनी अभिनित फिल्मले सोचे जस्तो कमाई गर्न सफल छैनन् ।
तर, पनि उनको माग भने घटेको छैन् । उनि उत्तिकै ब्यस्त छिन् । उनी हाल चालबाज, परदेशी २, सुदुर र गोर्खा वारियर नामक सिनेमामा काम गरिरहेकी छिन् । बर्षा सिवाकोटीलाई हाम्रो तर्फबाट मज्जाको शुभकामना ।








