घामसँग श्रृष्टीको बिहे
लक डाउनका कारण नेपाली फिल्मका कलाकार पनि घरमै छन् । घरमै रहेका कलाकारको दैनिक क्रियाकलाप सामाजिक संजालबाट बाहिरिएका पनि छन् । अभिनेत्री श्रृष्टी श्रेष्ठ अहिले अभिनेता सौगात मल्लको साथमा घरमै छिन् । उनीहरुले लक डाउनलाई लभ डाउन भनेर पनि संवोधन गरेका छन् ।

तर, यो विचमा अभिनेत्री श्रेष्ठले आफनो बिहे भैसकेको पनि बताएकी छिन् । उनले, सामाजिक संजालमा आफनो बिहे घामसँग भएको बताएकी हुन् । श्रृष्टी हरेक दिन बिहान व्यायम गर्छिन् । उनले स्वस्थ रहन सबैलाई अपिल पनि गरेकी छिन् ।

उनै, श्रृष्टीले लक डाउनमा रहँदा घामसँग बिहे गरेको भनेर उल्लेख गरेकी छिन् । उनको अहिले साथी घाम पनि भएको यो कुराबाट वुझिन्छ ।








