पूजाको प्राविधिकहरुलाई खाद्यन्न सामाग्री सहयोग
फिल्ममा ज्याला मजदुरी गर्ने प्राविधिकहरुलाई बिहान बेलुकाको छाक टार्न समस्या परिरहेको अबस्थामा अभिनेत्री पूजा शर्माले २ लाख बराबरको खाद्यन्न प्राविधिकको परिवारलाई वितरण गर्ने भएकी छन् ।

अभिनेत्री शर्माले २ लाख बराबरको खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुलाई सहयोग गर्न लागेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।
प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई सहयोग गर्न अपिल गरेपछि अहिले विभिन्न व्यक्तिबाट सहयोग रकम जुटिरहेको छ । बिहान बेलुकाको छाक टार्नै समस्या हुने प्राविधिकहरुलाई सहयोगका लागि प्राविधिक संघले विपन्नता व्यवस्थापन कोष समेत खडा गरेको छ ।








