किन अमेरिका उडे सरोज खनाल ?
अभिनेता सरोज खनाल अमेरिका उडेका छन । उनी, आज अमेरिका उडेका हुन् । अमेरिकी सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिका फर्काउन प्लेन चार्टड गरेको थियो । सोही, प्लेनमा उनी अमेरिका फर्किएका हुन् । सरोज लामो समय अमेरिका बसेका थिए ।

उनी अमेरिकाको नागरिक समेत हुन् । यसैले उनी अन्य अमेरिकी नागरिकसँगै अमेरिका हानिएका हुन् । सरोजले नातीको पास्नीका लागि पहिले नै अमेरिका जाने आउने टिकट बुक गरेका थिए । तर, कोरोना संक्रमणसँगै उनको टिकट नै क्यान्सिल भयो ।
अमेरिकी सरकारले तीन सय भन्दा बढी नागरिकलाई आज अमेरिका फर्काएको हो । अमेरिका अहिले कोरोनाका कारण सबैभन्दा बढी संक्रमित भएको देश हो ।
For More videos Log on to Mazzako TV







