अभिनेता पल शाहले कोरोना प्रभावित फिल्मका प्राविधिकहरुको लागि पाँच लाख सहयोगको घोषणा गरेका छन् । अभिनेता पलले शुक्रबार आफ्नो सामाजिक सञ्जाल मार्फत् आर्थिक स्थिति कमजोर भएका प्रविधिक तथा सहयोगीहरुको लागि सहयोग गर्न लागेको जानकारी दिएका हुन् ।

कोरोनाको महामारीबाट बच्न नेपालभरी दुईसातासम्म लकडाउन छ । चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई परेको संकटप्रति ध्यान दिँदै यस्तो घोषणा गरेको शाहले जनाएका छन् । चलचित्र पाविधिक संघका अध्यक्ष पुष्कर लामाले पाविधिकहरुलाई यो रकमले खाद्यान्न वितरण गर्ने बताए ।

For More videos Log on to Mazzako TV