अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी शाहले लक डाउनको समयमा लाइभ च्याट गर्दै आफु पहिले जस्तो फिल्म खेल्न क्रेजी नभएको बताएपछि उनका शुभचिन्तकहरु आश्चर्यमा परेका छन् । सामाज्ञीले नयाँ सिनेमा अहिलेसम्म आफुले साइन नगरेको पनि बताएकी छिन् । अब, आफुले पहिले जस्तो सिनेमा साइन नगर्ने पनि सामाज्ञीले बताएकी छिन् ।

उनले यसको पछाडि धेरै कारण रहेको पनि उल्लेख गरेकी छिन् । सामाज्ञीले अब आफुले बर्षमै २ वटासम्म सिनेमा नखेल्ने पनि बताएकी छिन् । आफुलाई मन परेको कथा अफर आएको खण्डमा मात्र काम गर्ने नत्र पहिलेको जस्तो क्रेजी भएर सिनेमा नखेल्ने शाहले बताएकी हुन् ।

यो बर्ष उनी अभिनित २ सिनेमा रिलिज भए, मारुनी र रातो टिका निधारमा । यी दुबै सिनेमा असफल भएपछि सामाज्ञीले यो निर्णय लिएको वुझन सकिन्छ ।

For More videos Log on to Mazzako TV