दीपकको टिमले गर्याे प्राविधिकलाई १ लाख १० हजार सहयोग
लक डाउनका कारण नेपाली फिल्मका विपन्न पाविधिकहरु समस्यामा परेको घटना बाहिर आएपछि अहिले फिल्मीकर्मीहरु उनीहरुको सहयोगमा अगाडी सरेका छन् । यसरी, सहयोगमा अगाडि सर्नेमा फिल्म छक्का पन्जाको टिम रहेको छ । छक्का पन्जाको टिमले पाविधिकहरुको लागि १ लाख १० हजार सहयोग गर्ने बताएको छ ।

घाम लाग्दा छाता ओडाउने, भोक लाग्दा खाना खुवाउने पाविधिकहरुलाई उनीहरु समस्यामा पर्दा सहयोग आवश्यक छ भन्दै हात अगाडि बढाएको निर्माता दीपकराज गिरीले बताएका छन् ।

उनले अरु सिनेकर्मीलाई पनि यो समयमा सहयोगका लागि हात अगाडि बढाउन अपिल गरेका छन् । चलचित्र पाविधिक संघका अध्यक्ष पुष्कर लामाले पाविधिकहरुलाई यो रकमले खाद्यान्न वितरण गर्ने बताए ।








