जनावरलाई खाना खुवाउँदै वर्षा
कोभिड १९ ले विश्वभर महामारी सिर्जना गरेको छ । विश्वका आधा भन्दा बढी मानिस लक डाउनका कारण घर भित्र छन । नेपाली फिल्मका केही कलाकार भने यो समयमा समाजसेवा र जनचेतनामा सक्रिय छन । अभिनेत्री वर्षा सिवाकोटी यो कुरामा अघि छिन ।

उनले, केही दिन अघि मात्र कोरोना राहत कोषमा १ लाख दिने बताइसकेकी छिन । अब, वर्षाले जनावरको स्याहार गरेको तस्वीर र भिडियो पनि पोष्ट गरेकी छिन । वर्षाले लक डाउनको समयमा सबै मानिस घर भित्र हुँदा जनावरले खान नपाउने भन्दै उनीहरुलाई खान खुवाउन अपिल गरेकी छिन ।
जनावरले भोक लागेको कुरा भन्न नसक्ने भन्दै कुनै जनावर कसैलाई मन नपरेपनि मानवियता भने हुने भन्दै त्यो देखाउन अपिल गरेकी छिन ।
For More videos Log on to Mazzako TV







