पैसाको लागि उदिपसँग बिहे गरेकी होइनँः आँचल
अभिनेत्री आँचल शर्माले डाक्टर उदिप श्रेष्ठसँग बिहे गरिन । बिहे गरेसँगै उनीहरुको जोडी चर्चामा छ । तर, हालैमात्र पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै आँचल र उदिपले बजारमा चलेका हल्लाको जवाफ पनि दिएका छन ।

आँचलले अभिनेता पल शाहलाई छाडेर उदिपसँग पैसाको लागि बिहे गरेको भन्ने चर्चा छ नी भनेर धमलाले सोधेपछि यसको जवाफ दिइन । उनले, उदिपको पैसा हेरेर बिहे नगरेको बताइन । उनले, आफु पनि सम्पन्न परिवारकै सदस्य भएको भन्दै पैसाकै लागि बिहे गर्नुपर्ने अवस्था नभएको बताइन ।
तर, यदि बिहे गरेको केटा धनी छ भने त्यो पनि एउटा प्लस पोइन्ट हुने आँचलले बताइन । उदिपले भने आफु फिलिपिन्समा रहँदा एक युवतीसँग २ बर्ष मायामा रहेको खुलाएका छन ।
For More videos Log on to Mazzako TV







