आँचल किन खुशी ?

अभिनेत्री आँचल शर्मा बिहे लगतै लक डाउनमा छिन् । घरमै उनी श्रीमान् उदिप श्रेष्ठको साथमा छिन् । आँचल र उदिपले फागुणको २९ गते बिहे गरेका थिए । उनीहरुको बिहेको रमझम सकिएको थिएन । देशभर लक डाउन भयो । आँचलले चैत्र ६ गते आफ्नो जन्मदिन पनि मनाएकी थिइन् ।
अहिले एउटा ट्रोल हिट छ । अभागीले बिहे गरेको साल भुइचालो आउँछ, भाग्यमानीले बिहे गरेको साल लक डाउन हुन्छ । यो ट्रेल शेयर गर्दै आँचलले सही हो भनेकी छिन् । यसको अर्थ, लक डाउनका कारण न त उनी घर बाहिर निस्कन पाएकी छिन् न त उदिप नै ।

यसैले, त एकले अर्कालाई प्रशस्त समय पनि दिन पाएका छन् । आँचल यही भएर नै खुशी भएकी त होलान् ?








