वर्षाले नाई नभन्नु ल ६ गर्ने
अभिनेत्री वर्षा राउतले सिनेमा नाई नभन्नु ल ६ मा काम गर्ने भएकी छिन् । यो सिनेमाका लागि वर्षासँग मौखिक कुरा भैसकेको छ । तर, कुनै पनि कलाकारसँग लिखित संझौता भने भएको छैन् । विकासराज आचार्यको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई सामिप्यराज तिमिल्सिनाले लेखिरहेका छन् ।

सिनेमा नाई नभन्नु ल ६ को छायांकन जेठबाट गर्ने योजना विकासको छ । तर, विश्वभर फैलिएको कोरोना त्रासका कारण पनि सो समयमा नै चलचित्रको छायांकन सुरु हुन्छ भन्न सकिने अवस्था छैन् । फिल्म नाई नभन्नु ल ६ मा सलोन बस्नेत, अनुभव रेग्मी, सेड्रिना शर्मा फाइनल छन् ।
यो सिनेमामा वर्षाको भुमिका भने बलियो हुने बताइएको छ । वर्षाको हातमा अहिले दुइवटा सिनेमा छन् । तर, लक डाउन भएसँगै दुबै सिनमोको छायांकन सुरु हुन सकेको छैन् । यही भएर पनि वर्षाले यो सिनेमालाई समय दिन भने मुश्किल छ ।
For More videos Log on to Mazzako TV







