छब्बिस बर्षमा अनमोल
नेपाली सिनेमामा चर्चित अभिनेता अनमोल केसी आजबाट छब्बिस बर्षमा लागेका छन । अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसीका उनी एक मात्र सन्तान हुन । अभिनेता केसीले आज घरमै जन्मदिन मनाएका छन ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेकाले पनि अनमोलले घरमै परिवारसँग जन्मदिन मनाएका छन । अभिनेता केसी नेपाली फिल्मका सर्वाधिक माग भएका कलाकार हुन । उनले अभिनय गरेको पहिलो सिनेमा होस्टेल हो ।
यसपछि भने उनले आठ वटा सिनेमामा अभिनय गरेका छन । उनी अभिनित आठौ सिनेमा ए मेरो हजुर ४ को हाल धमाधम छायांकन भैरहेको छ । उनले अभिनय गरेका अधिकांश सिनेमा हिट छन । अनमोल अभिनित जेरी, गाजलु, ए मेरो हजुरको तेश्रो सिरिज, क्याप्टेन लगायतलाई दर्शकले रुचाएका थिए ।








