सहयोगी बर्षा: मजदुरहरुका लागि १ लाख सहयोग घोषणा
कोरोना भाइरसको संक्रमण नेपालमा बढेसंगै सरकारले एक हप्ताका लागि ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’ को आज छैटौँ दिन, सरकारको लकडाउन अवधि लम्ब्याउने तयारी छ । ‘लकडाउन’ गरेपछि ज्यालादारी गरेर खानेहरुलाई समस्या पर्न थालेको छ ।

‘लकडाउन’ का कारण रोजीरोटी गुमेका मजदुरहरुका लागि अभिनेत्री वर्षा सिवाकोटीले राहत स्वरुप एक लाख रुपैयाँ दिने घोषणा गरेकी छन् । आइतवार फेसबुकमा एक भिडियो सेयर गर्दै उनले सहयोग रकम घोषणा गरेकी हुन् । उनले आफ्नो व्यक्तिगत तर्फबाट मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ दिन लागेको भिडियोमा बताएकी छन् ।








