अभिनेत्री रीमा विश्वकर्मा यतिबेला माल्दिभ्स पुगेकी छिन् । उनी माल्दिभ्सको स्विमिङ पूलमा रमाउँदै गरेको तस्वीर उनको सामाजिक संजालबाट सार्वजनिक भएको छ । जहाँ, रीमा स्विमिङ पहिरनमा देखिएकी छिन् ।

सिनेमा हिजो आजका कुराको छायांकन सकेर र रियालिटी शो कमेडी च्याम्पियन सकिएपछि उनी होलिडे मनाउन माल्दिभ्स पुगेकी हुन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारणले पनि सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भनेको छ ।

रीमालाई देश बाहिर होलिडे मनाउन पुगेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताले आलोचना पनि गरेका छन् ।

For More videos Log on to Mazzako TV