पछि सर्यो लक्का जवान
सिनेमा लक्का जवानको प्रदर्शन मिति पछि सरेको छ । यो सिनेमा चैत्र २१ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, विश्वभर फैलिएको कोरोना भाइरसका कारण हलहरु समेत बन्द हुन थालेपछि सिनेमा रिलिजको मिति स्थगित गरिएको हो ।

अब, नयाँ मिति कोरोनाको संक्रमणको अवस्था हेरेर मात्र तोकिने बताइएको छ । सिनेमा लक्का जवानलाई शिवहरि पौडेलले निर्देशन गरेका हुन् । यो सिनेमामा शिवहरि पौडेल, किरण केसी, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका अभिनेत्रीको मुख्य भूमिका छ ।
सिनेमालाई कमेडी कथामा तयार पारिएको छ । सिनेमाको २ वटा गीत पनि सार्वजनिक भैसकेको छ ।








