फागुणको ३० गते फिल्म म यस्तो गीत गाउँछु २ रिलिज हुनुपर्ने थियो । तर, विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण यो सिनेमा पछि सर्यो । सिनेमा पछि सरेपछि यसका कलाकारले दर्शकसँग माफी पनि मागे ।

तर, सिनेमाको प्रचारमा लगाएको समय र मिहिनेतका कारण पनि कलाकारमा थोरै निराशा थियो । सोही निराशा कम गर्न र भगवान्सँग प्रार्थना गर्न सिनेमा म यस्तो गीत गाउँछु २ का मुख्य कलाकार पूजा शर्मा र पल शाह निर्देशक सुदर्शन थापाको साथमा मुक्तिनाथ पुगेका छन् । उनीहरु, फागुणको ३० गते नै मुक्तिनाथ पुगेका थिए । मुक्तिनाथमा पुगेर उनीहरुले पूजा गरेका थिए ।

उनीहरु, आजै राजधानी फर्कदैछन् । कतिपयले अभिनेत्री आँचल शर्माको बिहेको पार्टी छल्नका लागि पल र पूजा मुक्तिनाथ पुगेको चर्चा पनि नगरेका होइनन् ।

For More videos Log on to Mazzako TV