वैशाखको १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ, भने आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेकै स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कबिता नेपाली समेत प्रस्तुत छिन् ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुवँर, एन्जल श्रेष्ठको मुख्य भूमिका छ । साथै यसै फिल्म मार्फ शक्ति श्रेष्ठ, आना ढकाल, श्रृजना सिना लगायतले क्षेत्रमा डेब्यू गर्दैछन् ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माको पटकथा, हिमाल केसी र मुकुन्द भट्टको एक्सन रहेको फिल्ममा किङ योगीको कोरियोग्राफी छ । चीजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र, सुदिप चन्द्र भाक्रेल, सन्तोष चन्द्र भाक्रेलको फिल्ममा लगानी छ ।

For More videos Log on to Mazzako TV