सिनेमा २ नम्बरीको छायांकन पोखराबाट सुरु गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेनले सिनेमाका लागि पहिलो सर्ट दिएका छन् । यो सिनेमाको छायांकन ३५ दिनसम्म चल्नेछ । सिनेमामा पल शाह, वर्षा राउतको पनि मुख्य भूमिका छ ।

वर्षा र पलले भने चैत्र ५ गतेबाट सिनेमाको सेटमा जोडिनेछन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुने यो सिनेमालाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । सिनेमामा बुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ । सिनेमाले २ साथीको मित्रताको कथा भन्नेछ ।

नेपाली चलचित्र निर्माता संघले कोरोना भाइरसका कारण सिनेमाको छायांकन नगर्न आग्रह गरेपनि निर्माताहरुले पनि सिनेमाको छायांकन रोकेका छैनन् ।

For More videos Log on to Mazzako TV