५ लाख ठगीको मुद्दामा अनमोलको स्पष्टिकरण
फिल्म धुपौरेका निर्माताले अभिनेता अनमोल केसीले ५ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यो कुराले नयाँ मोड लियो ।
अभिनेता केसीले सिनेमा धुपौरेमा काम गर्नेगरी सहमती गरेका थिए । तर, पछि उनले फाइनल स्क्रिप्ट मन नपरेपछि सिनेमाको टिमलाई कथा परिवर्तन गर्न आग्रह गरेका थिए । तर, फिल्मका निर्माताले भने अनमोलले ठगी गरेको भन्दै मुद्दा नै दर्ता गरे ।

अभिनेता केसीले भने आफू यो कुराले स्तब्ध भएको बताएका छन् । सिनेमाको स्क्रिप्ट परिवर्तन गरेर अझै मिहिनेत गरौ भन्दा यसलाई इगोको रुपमा लिएर आफ्नो चरित्रहत्या गर्न खोजिएको अनमोलले स्पष्ट पारेका छन् । उनले, सिनेमाको साइनिङ एमाउन्ट ५ लाख रुपैयाँ लिएर जान आफूले पटक पटक भन्दा पनि निर्माता नआएको भन्दै कुनै पनि समय आफू यो रकम फिर्ता दिन तयार भएको अनमोलले लेखेका छन् ।
अनमोलले कुनै पनि कलाकारले राम्रो सिनेमाका लागि मिहिनेत गर्नु नराम्रो हो र भन्दै प्रश्न पनि गरेका छन् । अहिले यो मुद्दालाई चलचित्र निर्माता संघको न्यायिक समितीले पनि हेरिरहेको छ ।








