अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठको फागुणको २९ गते बिहे हुँदैछ । बिहेको तयारी पनि जोडतोडका साथ चलिरहेको छ । आँचलले बिहे अगाडिका विभिन्न समारोह पनि आयोजना गरिरहेकी छिन् । उनले हालै मात्र संगीत सेरोमोनी आयोजना गरिन् ।

जहाँ, आँचलको साथमा उदिपले डान्स गरे । आँचल र उदिपको संगीत सेरेमोनीमा अभिनेत्री वर्षा सिवाकोटी, स्वस्तिमा खड्का लगायत पनि सहभागी थिए । उनीहरुले पनि संगीत सेरेमोनीलाई विशेष बनाएका थिए । आँचलले सार्वजनिक गरेको तस्वीरमा पनि उनी र उदिप रोमान्टिक देखिएका छन् ।

आँचल र उदिप एक अर्काको अंगालोमा बाँधिएका छन् । आँचल र उदिपले बिहेको एक दिनपछि चैत्र १ गते बिहे पार्टीको समेत आयोजना गरेका छन् ।

For More videos Log on to Mazzako TV