‘प्रेम पूजा’ का लागि नायिकाको अडिसन आह्वान
इन्टरटेनमेन्ट वल्र्डवाइडको ब्यानरमा निर्माण हुने फिल्म ‘पे्रम पूजा’को अभिनेत्रीका लागि निर्माण टिमले अडिसन आह्वान गरेको छ । फिल्ममा मुख्य अभिनेत्रीको रुपमा काम गर्न इच्छुक युवतीहरूले संसारभरबाट भाग लिन सक्ने निर्देशक अमरदीप सापकोटाले बताए ।

१९ देखि २५ बर्ष उमेर समुहका ५.४ इन्चभन्दा अग्ला युवतीले अडिसनमा भाग लिन सक्ने छन् । अडिसनमा भाग लिनका लागि कुनै शुल्क समेत नलाग्ने निर्माण टिमले बताएको छ ।
अभिमन्यु निरबीको लेखनमा तयार भइरहेको फिल्ममा अभिनेता यसअघि फाइनल भइसकेका छन् । तर, निर्माण टिमले उनको नाम गोप्य गरेको छ । फिल्म २०७७ को दसैंमा नेपाल लगायत विदेशका विभिन्न शहरमा एकसाथ रिलिज गर्ने निर्माण टिमको तयारी छ । आगामी बैशाखको सुरुवातबाट फिल्म छायांकनमा जाने छ ।
For More videos Log on to Mazzako TV







