उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा जारीको फस्टलुक रिलिज गरिएको छ । यो सिनेमाको फस्टलुकमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई देखाइएको छ । उनीहरुले परम्पराअनुसार बिहे गरेर हिड्दै गरेको फस्टलुकमा देखाइएको छ ।

सिनेमा जारीको निर्माण रामबाबु गुरुङले गरेका हुन् । सिनेमा जारीको प्रदर्शन मिति पनि तय गरिएको छ । सिनेमालाई वि.सं २०७७ सालको जेठको २५ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । कबड्डी सिरिज लेखेका उपेन्द्रले जारीबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

For More videos Log on to Mazzako TV