अनमोल पारस बन्ने पक्का
अभिनेता अनमोल केसी पारस बन्ने पक्का भएको छ । केही समयदेखि अभिनेता केसीले पारस सिनेमामा काम गर्न लागेको चर्चा चलेको थियो । तर, उनले यो सिनेमाका लागि संझौता भने गरेका थिएनन् । तर, अब भने यो सिनेमा अनमोलकै होम प्रोडक्शन दि सुपर काजोल फिल्मस्बाट बन्ने भएको छ ।

सिनेमालाई भूवन केसीले निर्माण गर्नेछन् । सिनेमाको निर्देशन माधव वाग्लेले गर्नेछन् । सिनेमाको छायांकन वैशाखबाट सुरु हुने तयारी भूवनले गरेका छन् । सिनेमा पारस एक व्यक्तिको शक्ति र शक्ति नहुँदाको अवस्थाको कथामा बन्नेछ । सिनेमा पारस अघि अभिनेता केसीले सिनेमा ए मेरो हजुर ४ को छायांकन सक्नेछन् । यो सिनेमाको छायांकन फागुणको १६ गतेबाट सुरु हुँदैछ ।








