अभिनेता अनमोल केसीले नयाँ फिल्ममा काम गर्न लागेको चर्चा सिने बजारमा चलेको छ । अभिनेता केसी निर्माता माधव वाग्लेको निर्देशनमा बन्न लागेको सिनेमा पारसमा काम गर्न तयार भएको खबर बाहिरिएको छ ।

तर, अभिनेता केसीले भने पारस साइन नभैसकेको बताएका छन् । बरु, उनले यो बिषयमा निर्देशक वाग्ले र उनका पिता निर्माता भूवन केसीविच कुराकानी भैरहेको बताएका छन् । पारसको कथामा अनमोल र भूवन दुबैको रुची छ । यो सिनेमाको अफर माधवले अभिनेता केसीलाई नै गरेका थिए ।

तर, सिनेमाको कथामा भूवनको पनि मन गएपछि उनले यो सिनेमालाई आफ्नै होम प्रोडक्शनमा बनाउन चाहेका छन् । तर, सिनेमाका लागि अभिनेता केसीले कागजी संझौता भने गरिसकेका छैनन् । माधव र भूवनविच आज फाइनल कुरा हुने वुझिएको छ ।

अभिनेता केसीले काम गर्न लागेको सिनेमा ए मेरो हजुर ४ को छायांकन भने यही शुक्रबारबाट सुरु हुँदैछ ।

For More videos Log on to Mazzako TV