रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । फागुन ९ गते रिलिज हुने फिल्मको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतले आइतबार सार्वजनिक गरिएको हो । गीतले राजनीतिक कार्यकर्ताको वेदना बोल्छ । हर्क साउदको शब्द, सुशान्त गौतमको संगीत रहेको गीतमा प्रमोद खरेल र विद्या मन्जु तिवारीको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, विल्सनविक्रम राई, सन्दीप क्षेत्री, एलिश राई लगायत प्रस्तुत छन् ।

दीपक आचार्यले निर्देशन गरेको भिडियोमा एलिश राईको कोरियोग्राफी छ । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा सहयोग रकम जुटाउन धुर्मुस(सुन्तलीले ‘सेन्टी भाइरस’ निर्माण गरेका हुन् । जसको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ ।

फिल्ममा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरे लगायतका कलाकारको अभिनय छ । फिल्मको लेखन कुमार कट्टेल र दीपक आचार्यले गरेका हुन् ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।

For More videos Log on to Mazzako TV