‘लभ डायरिज’ लाई तारिफ,
सुसील श्रेष्ठ अभिनित भ्यालेन्टाइन डे को अवसरमा रिलिज भएको फिल्म ‘लभ डायरिज’ लाई शनिबार दर्शकले मज्जाको साथ दिएका छन् । मल्टिप्लेक्सका केहि हलमा फिल्म हाउसफुलको ब्यापार गरेको फिल्मलाई दर्शकले मज्जाको प्रतिक्रिया दिएका छन् ।

शनिबार दिउसो कुमारी हलमा फिल्मका कालाकार सुसीलसंगै नव नायिका रुबिना थापा, बिश्वजित रिमाल लगायत फिल्म युनिट पुगेको थियो । दर्शकले हलमा पगुेका कलाकारसंग सेल्फि खिच्दै फिल्मको तारिफ गरेका थिए । डेव्यु अभिनेत्री रुविना थापाले पनि राम्रो तारिफ बटुलिरहेकी छिन् । उनको सुन्दरताको चर्चा पनि निकै राम्रो भएको छ ।
फिल्मको प्रतिक्रिया बुझ्न र दर्शकसंग साक्षात्कार गर्न चलचित्रका मुख्य कलाकार हलहलमा पुगिरहेका छन् । दर्शकले दिएको साथ र मायाका कारण निकै उत्साहित रहेको कलाकारले प्रतिक्रिया दिएका छन् । सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल चलचित्रमा मुख्य भूमिकामा रहेका छन् । केहि दिन अगाडी गरिएको प्रिमियरमा पनि चलचित्रलाई राम्रो प्रतिक्रिया दिइएको थियो ।








