अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे फागुणमा पक्का भएको छ । अभिनेत्री कार्कीको बिहे फागुणको १७ गते हुँदैछ भन्ने चर्चा पनि चलेको छ । तर, प्रियंकाले भने मिति तय नभएपनि यो दिन राम्रो रहेकाले बिहे हुन सक्ने बताएकी छिन् ।

अभिनेत्री कार्की र आयुष्मानको बिहेको चर्चा चलेको एक बर्ष भैसक्यो ।
यो बर्षको असारमा नै यो जोडीले बिहे गर्ने पक्का गरेको थियो । तर, प्रियंका र आयुष्मानले आफ्ना आफन्तहरुको समय नमिलेको भन्दै बिहे पछि सारेका थिए ।

प्रियंका र आयुष्मानलाई असारमा बिहे नगर्ने ज्योतिषले नै सुझाव दिएको चर्चा पनि चलेको छ । तर, अब भने उनीहरु बिहेको तयारीमा लागिसकेका छन् । फागुणको १७ गते प्रियंका आयुष्मानको घरमा भित्रिने तयारीमा छिन् ।

For More videos Log on to Mazzako TV