किन धेरै फिल्म गर्दैछिन् पूजा ?
अभिनेत्री पूजा शर्मालाई धेरै फिल्म खेल्न थालेको आरोप लागेको छ । बिहिबारदेखि नयाँ घर निर्माणमा समेत लागेकी पूजाले यो बर्ष मात्र ५ वटा सिनेमामा काम गरिसकेकी छिन् ।

एक बर्ष नै ५ वटा सिनेमाको छायांकन सक्ने सुरमा रहेकी पूजाले क्वालिटीलाई विर्सिएको आरोप समेत लाग्न थालेको छ । तर, पूजा कुनै पनि कलाकारले राम्रो कथा पाएको खण्डमा छाड्न नहुने तर्क गर्छिन् ।
उनले, राम्रो कथा आएका कारण नै आफूले सिनेमामा काम गरिरहेको सुनाइन् । पूजाले सिनेमा पोई पर्यो कालेमा काम गर्दा पनि आफूलाई धेरैले काम नगर भनेर सुझाएको बताइन् । तर, यो सिनेमा चलेपछि पूजालाई अझै धेरै फाइदा भएको छ ।
सुदर्शन थापाको क्याम्प भन्दा बाहिर पनि पूजाका सिनेमा चल्छन् भन्ने पुष्टी भएपछि उनलाई अफर धेरै आइरहेका छन् ।








