हाँस्य कलाकार कुञ्जना घिमिरेले आफूलाई हिरोइन बन्ने सोच आफ्नी छोरीको उमेरमा आएको बताएकी छिन् । सिनेमा सेन्टी भाइरसको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले भनिन्–‘मलाई सिनेमाको ट्रेलरमा हिरोइन देख्नुहुन्न, सिरियलमा पनि देख्नुहुन्न । बरु, बाहिर मलाई राम्री देख्नुहुन्छ ।

तर, म भन्दा धेरै राम्री हिरोइनहरु हुनुहुन्छ ।’ उनले, अहिले आफूलाई नक्कली बनेर हिडेको भन्दै आलोचना गर्ने गरिएको भन्दै सुनाइन्–‘हिरोइन बन्छु भनेर छोरीको उमेरदेखि सोचेको थिएँ । राम्री पर्दामा कहिले बन्न पाइनँ । अब, बाहिर पनि नबनुँ त ?’

उनले आफूलाई क्यारेक्टरमा भने काम गर्न मन लाग्ने सुनाइन् । उनले, ५ बर्षदेखि आफ्नो सिनेमाको हिरोइन भन्ने तपस्या टुटेको भन्दै २८ बर्षदेखि देखेको सपना अहिले आएर पुरा भएको बताइन् ।

For More videos Log on to Mazzako TV