सिनेमा आमाको शिर्ष गीत सार्वजनिक भएको छ । फागुणको ९ गतेबाट यो सिनेमा रिलिज हुँदैछ । सिनेमाको ट्रेलरबाट निर्माण टिमले गज्जबको प्रतिक्रिया पाइसकेको छ । यसैले पनि सिनेमाको गीतले अझै बढी आशावादी बनाएको छ ।

सार्वजनिक भएको मनको मौलोदेखि मन्दिरसम्म बोलको गीत कर्णप्रिय छ । यसले आमाको संघर्ष, पीडा र दुखको कथा भन्छ । यो गीतमा केतन क्षेत्रीको स्वर, भूपेन्द्र खड्काको शब्द तथा सुवाष भुषालको संगीत छ ।

सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला लगायतको अभिनय छ । दिपेन्द्र के खनालको छायांकन, लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा शर्मिला पाण्डेको लगानी छ ।

For More videos Log on to Mazzako TV