भूवनको विकास बोर्डमा चासो
अभिनेता भूवन केसीले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि चासो देखाएका छन् । विशेषगरि, सिनेमा क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेता केसीले बोर्डमा पुगेर सबैलाई मिलाएर काम गर्ने बताएका छन् । अभिनेता केसीसँगै अन्य आधा दर्जन फिल्मीकर्मी विकास बोर्डको अध्यक्ष पदका लागि अघि सरेका छन् ।

अभिनेता केसीले भने, मलाई फिल्मीकर्मी साथीहरुले पनि तपाई विकास बोर्डमा जाँदा राम्रो हुन्छ भन्नुभएको छ । बोर्डमा पुगेपछि सबैको मर्म र समस्या वुझ्न आवश्यक छ । अभिनेता केसीले आफू लामो समयदेखि सिनेमा क्षेत्रमा रहेकाले पनि सबै कलाकर्मीको भावना वुझेको बताए ।
उनले, विकास बोर्डमा राजनीति भन्दा पनि काम गर्नुपर्ने सुनाए । बोर्ड अध्यक्ष बन्नका लागि भूवनसँगै निर्देशक केपी पाठक, लय संग्रौला, आकाश अधिकारी, दयाराम दाहाल आंकाक्षी छन् ।
For More videos Log on to Mazzako TV







