अनमोल र जसिताको जोडी
अभिनेत्री जसिता गुरुङ अभिनेता अनमोल केसीसंग रोमान्स गर्ने भएकी छिन् । सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने नयाँ फिल्म ‘एन्टी हिरो’ को मुख्य भुमिकामा फाइनल भएकी हुन् ।

बुधबार अभिनेता भुवन केसीले जसितालाई फिल्ममा साइन गराएका हुन् । एक्सन, लभस्टोरी जनरालाई निर्माण हुने फिल्मलाई भारतीय निर्देशकले निर्देशन गर्ने भुवनले बताए ।
फिल्ममा अनमोल र जसितासँगै भुवनको पनि मुख्य भूमिका रहनेछ । फिल्मको अन्य कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् । बैशाख १ गते देखि फिल्मको छायांकन सुरु हुनेछ ।
अनमोल अहिले झरना थापाले निर्देशन गर्ने फिल्म ‘ए मेरो हजुर ४’को तयारी गरिरहेका छन् । सुनिलकुमार थापाले निर्माण गर्ने फिल्ममा अनमोल र सुहाना थापाको जोडी दोस्रो पटक बाँधिएको छ । ‘ए मेरो हजुर ४’ को छायांकन फागुन १३ देखि सुरु हुँदैछ ।








