यहि फागुन २ गते अर्थात भ्यालेन्टाइन डेमा रिलिज हुने फिल्म ‘लभ डायरीज’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै लभस्टोरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । प्रेममा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । सौरभ चौधरी निर्देशित फिल्मको ट्रेलर कलरफुल र डायलगले भरिपुर्ण छ । अभिनेता सुशील श्रेष्ठ तथा नव नायिका रुविना थापा ट्रेलरमा छाएका छन् ।

फिल्मका दुइ मुख्य पात्र सुशील र रुबिना बीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान एसोसिएट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ।

For More videos Log on to Mazzako TV