महेन्द्रको ‘बोलीदेउ सान्नानी’ सार्वजनिक (भिडियो)
गायक महेन्द्र राज बरालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘बोलीदेउ सान्नानी’ बोलको गीतमा महेन्द्र र गायिका मेलिना राईको स्वर रहेको छ । बसन्त सापकोटाको शब्द संगीत रहेको गीतलाई उदय राज पौडेलको संगीत संयोज गरेका हुन् ।

महेश खड्का र सृष्टी खड्काको अभिनय रहेको म्यसजिक भिडियोलाई शिव बिकले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । निर्देशन तथा छायांकन भने अमृत सुनुवारले गरेका हुन् ।








